पात्रो

रेडियो

समाचार खोजी

नेप्से परिसूचक १८ अङ्कले गिरावट

साझा अर्थ संवाददाता ८ भदौ २०८२, आइतवार
समाचार सारांश
  • सूचकांकमा ह्रास: नेप्से परिसूचक ०.६५% ले घटेर २,७३९.९५ को बिन्दुमा कायम भएको छ, जसले बजारमा भएको सामान्य मंदीको संकेत गर्दछ।

  • धेरै क्षेत्रहरूमा गिरावट: बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत्, बिमा लगायतका १३ वटा समूह (सेक्टर) को सूचकांक घटेको छ, जबकि मात्र उत्पादन तथा प्रशोधन समूहको सूचकांकमा ०.१५% ले मामुली वृद्धि भएको छ।

  • व्यापारिक गतिविधि: बजारमा ५८,१०५ पटक कारोबार भई रु. ६ अर्ब ५४ करोडको लगानी सञ्चालन भएको छ र हिमालयन डिस्टिलरी कम्पनी सबैभन्दा बढी कारोबार भएको कम्पनी बनेको छ।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ:  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ७३९ दशमलव ९५ को बिन्दुमा कायम भएको छ । परिसूचक शून्य दशमलव ६५ प्रतिशतले घटेको हो ।

    आज ३२३ कम्पनीको एक करोड ४० लाख नौ हजार ७०८ कित्ता शेयर ५८ हजार १०५ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५ दशमलव ९२ को कारोबार भएको छ ।

    उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ८८, विकास बैंक एक दशमलव ६९, वित्त शून्य दशमलव ५३, होटल तथा पर्यटन शून्य दशमलव ६८ र जलविद्युत् एक दशमलव १९ प्रतिशतले घटेको छ । 

    त्यस्तै, लगानी शून्य दशमलव ७८, जीवन बिमा शून्य दशमलव ४४, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फण्ड शून्य दशमलव १६, निर्जीवन बिमा शून्य दशमलव ५०, व्यापार शून्य दशमलव १९ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले घटेको छ ।

    विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सात दशमलव २९ प्रतिशतले घटेको छ ।

    कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडको रू एक अर्ब ७५ करोड ७९ लाख ३० हजार ३८६ बराबरको १२ लाख ७४ हजार २२५ कित्ता शेयर किनबेच भएको छ ।

159 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु