पात्रो

रेडियो

समाचार खोजी

२१ दिनका लागि नेपाल राष्ट्र बैंकले बैङ्कीङ प्रणालीबाट ५० अर्ब निक्षेप खिच्दै

साझा अर्थ संवाददाता ८ भदौ २०८२, आइतवार

काठमाडौंः नेपाल राष्ट्र बैंकले (आज) आइतवार ५० अर्ब निक्षेप खिच्न लागेको छ । अधिक तरलता ब्यवस्थापन गर्न राष्ट्र बैंकले सो रकम खिच्न लागेको हो । 
तरलता ब्यवस्थापनकालागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।  
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने बैंकको भनाई रहेको छ । 
सो रकमको २०८२ भदौ २९ गते भुक्तानी हुने छ । बोल कबोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुने जनाइएको छ ।

185 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ