पात्रो

रेडियो

समाचार खोजी

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको १ लाख कित्ता बढी शेयरको लकइन अवधि असोजमा सकिँदै

साझा अर्थ संवाददाता ४ भदौ २०८२, बुधवार

काठमाडाै‌‌‌: क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको १ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८२ असोज ५ गते पश्चात समाप्त हुने भएको छ।

कम्पनीमा सामुहिक लगानी कोषहरुले धारण गरेका १ लाख १२ हजार ५ सय कित्ता शेयरको लकइन अवधि खुल्न लागेको हो। सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ६ महिनासम्म सामुहिक लगानी कोषहरुले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ।

कम्पनीले आईपीओ निष्काशन गर्दा ५ प्रतिशत सामुहिक लगानी कोषहरुलाई छुट्याएको थियो। असोज ५ पछि भने म्युचुअल फण्डले आईपीओ निष्काशन गर्दा खरिद गरेको शेयर बिक्री गर्न सक्ने छन्।

177 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु