स्नातक तह नै विद्यार्थीको करियर बनाउने आधार भएकाले उनीहरु बजारको माग अनुसारको शिक्षा लिनुपर्ने अधिकांश अभिभावकको भावनालाई मध्यनजर गर्दै कार्निभल आयोजना गरिएको हो । विद्यार्थीहरुमाझ प्राविधिक, सूचना प्रविधि तथा व्यवस्थापन तर्फको आकर्षण बढी पाइएको भन्दै करिअर कन्सल्ट एण्ड इन्ट्रान्स प्रिपिरेसन प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रबिन बेल्बासेले नेपालमै व्यवस्थापन तथा सूचना प्रविधितर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तराष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नु नै कार्निभलको उद्देश्य रहेको बताउनुभयो ।
काठमाडौँ । व्यवस्थापन तथा सूचना प्रविधि सम्बन्धी शैक्षिक प्रदर्शनी “करिअर कार्निभल २०२५” राजधानीमा सम्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले करिअर कार्निभलको उद्घाटन गर्नुभएको थियो ।
करिअर कन्सल्ट एण्ड इन्ट्रान्स प्रिपिरेसन प्रालिको व्यवस्थापन तथा आयोजनामा राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सञ्चालित करिअर कार्निभलमा प्लस टू पछिको उच्च शिक्षाका लागि प्रतिक्षामा रहेका विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । प्लस टू पछि स्नातक तहमा कहाँ, कुन विषय लिई पढ्ने भनेर दोधारमा परेका विद्यार्थीको अन्यौलता हटाउन करिअर कार्निभल २०२५ सञ्चालन गरिएको हो ।
स्नातक तह नै विद्यार्थीको करियर बनाउने आधार भएकाले उनीहरु बजारको माग अनुसारको शिक्षा लिनुपर्ने अधिकांश अभिभावकको भावनालाई मध्यनजर गर्दै कार्निभल आयोजना गरिएको हो । विद्यार्थीहरुमाझ प्राविधिक, सूचना प्रविधि तथा व्यवस्थापन तर्फको आकर्षण बढी पाइएको भन्दै करिअर कन्सल्ट एण्ड इन्ट्रान्स प्रिपिरेसन प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रबिन बेल्बासेले नेपालमै व्यवस्थापन तथा सूचना प्रविधितर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तराष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नु नै कार्निभलको उद्देश्य रहेको बताउनुभयो । अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएको प्रदर्शनीमा विद्यार्थीले कलेजका प्रतिनिधिलाई प्रत्यक्ष भेटेर कलेज, विषय, शुल्क लगायतका विषयवस्तुबारे सही सूचना प्राप्त गरेका थिए ।
प्रदर्शनीमा विभिन्न विज्ञहरुबाट सेमिनार र करियरबारे कक्षासमेत सञ्चालन भएको थियो । कार्यक्रममा पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज र सिए अध्यापन गराउने तथा अन्तराष्ट्रिय विश्वविद्यालयका सम्बन्धन प्राप्त संस्थाहरूको सहभागिता रहेको थियो । विभिन्न कलेजहरुको सहभागिता रहेको प्रदर्शनीमा फुड स्टल, प्राथमिक स्वास्थ्य उपचार, काउन्सिलिड कक्ष समेतको स्टल राखिएको थियो । मनोरञ्जनका लागि विभिन्न विभिन्न कलाकारहरुको प्रस्तुतिसहितको कन्सर्टका साथै गोलाप्रथाबाट बिजेताका लागि मुभी टिकटसमेत व्यवस्था गरिएको थियो । करिब सात हजार विद्यार्थीले प्रदर्शनी अवलोकन गर्ने अनुमान गरिएकोमा साढे आठ हजारभन्दा बढीले अवलोकन गरेको आयोजक संस्थाका प्रबन्ध निर्देशक पवन घिमिरेले बताउनुभयो । नेपालका उच्च शिक्षण संस्थाहरुको बारेमा जानकारी प्रदान गर्ने, उपलब्ध कार्यक्रम र विद्यार्थीको लागि महत्वपूर्ण अवसरहरुको आवश्यक जानकारी प्रदान गरिएको थियो । नेपालभरका प्लस टु परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई चाहिने जानकारी सहितको अन्तरक्रिया कार्यक्रमको व्यवस्था गरिएको थियो । नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सम्बद्ध गुणस्तरीय शैक्षिक संस्थाहरुको लागि अनुकूल र लाभदायक वातावरण सिर्जना गर्ने कार्निभलको उद्देश्य रहेको थियो ।