पात्रो

रेडियो

समाचार खोजी

प्रधानमन्त्रीबाट मनहरपुरमा सडक शिलान्यास

साझा अर्थ संवाददाता ३० साउन २०८२, शुक्रवार

जनकपुर : प्रधानमन्त्री एवं   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष  केपी शर्मा ओलीले धनुषाको मनहरपुरमा आज आयोजित एक समारोहबीच सडक शिलान्यास गर्नुभएको छ ।

    प्रधानमन्त्री ओली र मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले संयुक्त रुपमा धनुषा क्षेत्र नं १ स्थित मनहरपुर ज्ञान चोकमा निर्माण हुन लागेको सडक शिलान्यास गर्नुभएको हो ।

    प्रधानमन्त्री ओली र सभामुख मण्डलले मधेस प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा धनुषाको मनहरपुर–हंसपुर हुँदै खरिहानी–सिमराढी जोड्ने १६.३५ किलोमिटर सडक शिलान्यास गर्नुभयो । कूल ६५ करोडको लागतमा निर्माण हुन लागेको सडकको ठेक्का निर्माण कम्पनीले ४४.४८ लाखमा कबोल गरेको छ ।

    समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंह, सभामुख रामचन्द्र मण्डल, भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठसहित नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो ।

150 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ