काठमाडौंः नेपाली बजारमा सोमबार सुृनको मूल्य ११ सयले घटेको छ । नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ मा कारोवार भइरहेको छ । आइतवार छापावाला सुन १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भईरहेको महासंघको भनाई रहेको छ । आइतवार नेपाली बजार चाँदीको मूल्यमा प्रतितोर्ला २ हजार ३३० रुपैयाँमा कारोवार भएको थियो । आज चँदीको मूल्यमा पनि १५ रुपैयाँले कमी आएको छ ।