-आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुलाई छुट्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
-सर्वसाधारणकालागि भने सो कम्पनीको आइपीओमा आवेदन खुल्ला
-आईपीओ निष्काशन बन्द छिटोमा साउन २९ गते र ढिलोमा भदौ ९ गते हुने
काठमाडौंः बुङ्गल हाइड्रो लिमिटेडको स्थानीय लाई छुट्याइएको आइपीओमा आवदेन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २९ गते देखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुलाई छुट्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो
कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ८ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो । कम्पनीले निर्माण गर्ने १० दशमलब ७० मेगावाटको माथिल्लो सानिगाड जलविद्युत आयोजना बझाङ जिल्लाको बुङ्गगल गाउँपालिका वडा नम्बर ६ मा निर्माणाधिन छ ।
यसै विच
आजबाट सर्वसाधारणकालागि भने सो कम्पनीको आइपीओमा आवेदन खुल्ला गरिएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन बन्द छिटोमा साउन २९ गते र ढिलोमा भदौ ९ गते हुनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।