काठमाडौंः नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला २ सयले घटेको छ । नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख ९९ हजार २०० मा कारोबार भइरहेको छ । शुक्रवार १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा भने केही बृद्धी भएको छ । आइतवार नेपाली बजार असली चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँ बृद्धी भई २ हजार ३३० रुपैयाँ कायम भइरहेको महासंघको भनाई रहेको छ । शुक्रवार चाँदीको मूल्य प्रतितोला २ हजार ३२५ थियो ।