पात्रो

रेडियो

समाचार खोजी

“अब हाँस्छ बर्दिवास” : गाईजात्रा विशेष हास्यव्यङ्ग्य महोत्सव सफलतापूर्वक सम्पन्न

साझा अर्थ संवाददाता २५ साउन २०८२, आइतवार

बर्दिवासः बर्दिवासमा “अब हाँस्छ बर्दिवास” गाइजात्रा विशेष हास्य ब्यंग्य गाईजात्रा विशेष कार्यक्रम सम्पन्न भएको छ । सिस्नुपानी नेपाल महोत्तरीको आयोजनामा शनिबार सो कार्यक्रम सम्पन्न भएको हो । 
प्रदेश सभा सदस्य सारदादेवी थापाको प्रमुख आतिथ्य, तथा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको विशिष्ट आतिथ्यता सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष नारद प्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो । 
कार्यक्रममा वडा अध्यक्ष पदम आले, बर्दिवासका विभिन्न वडाका जनप्रतिनिधि, समाजसेवी, साहित्यकार, पत्रकार, व्यवसायी तथा विविध क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति देखियो ।
कार्यक्रममा कविता, गीत, नृत्य, जादु तथा प्रहसनजस्ता विविध प्रस्तुतीहरू रहेको थियो ।  बेलबहादुर परियार, प्रतिभा पोखरेल, जीवनाथ पोखरेल, कविता दाहाल, रमेश खत्री, सुमन सारङी, कृष्ण क्याप्छाकी, मदन सुन्दास, प्रतिमा पौडेल, प्रविन पौडेल, नारायण खड्का, राजेश भण्डारी, प्रेम घिमिरेलगायत कलाकारहरूको प्रस्तुतीले समसामयिक विकृवि विसंगतिमाथी चोटीलो प्रहार गर्नु भएको थियो । 
कार्यक्रममा प्रमुख अतिथि सारदा देवी थापाले बर्दिवासमा हास्यव्यङ्ग्यको सशक्त उपस्थिति स्थापित भएको र यस्ता व्यङ्ग्यमूलक कार्यक्रमहरूले समाजका विकृति–विसङ्गतिलाई निर्भीक रूपमा उजागर गर्दै सुधारको बाटो खोल्ने विश्वास ब्यक्त गर्नु भएको थियो ।

201 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्