पात्रो

रेडियो

समाचार खोजी

चन्दनबारीमा टुजी बीटीएस सञ्चालनमा

साझा अर्थ संवाददाता २३ साउन २०८२, शुक्रवार

काठमाडौंः नेपाल टेलिकमले रसुवा जिल्लाको चन्दनबारीमा 2G BTS  सञ्चालनमा ल्याएको छ । रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित समुद्री सतहबाट करिब २ हजार ३०० मिटरको उचाइमा रहेको सो स्थानमा टावर सञ्चालनमा ल्याइएको हो । 

नेपाल टेलिकमले धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचितगोसाइँकुण्ड जाने तिर्थालु तथा पदयात्रीहरुको सुविधालाई विशेष ध्यानमा राखेर धुन्चेदेखि गोसाइँकुण्ड जाने पदमार्गमा पर्ने चन्दनबारीमा 2G BTS  सञ्चालनमाल्याएकोे नेपाल टेलिकमका प्रबक्ता रविन्द्र मानन्धरले जानकारी दिनुभयो ।

गोसाइँकुण्ड जाने दर्शनार्थी तथा पर्यटकले धुन्चेदेखि देउराली, चन्दनबारी, लौरीविनायक र ४ हजार २०० मिटरमा अवस्थित गोसाइँकुण्डसम्म नेपाल टेलिकमको मोबाइल नेटवर्क प्रयाेग गर्न सक्ने छन् । साथै नेपाल टेलिकमले उच्च हिमाली क्षेत्रमा पुग्ने सेवाग्राहीहरुको सुविधाकालागि द्धन् नेटवर्क समेत विस्तार गर्ने योजना रहको प्रबक्ता  मानन्धरको भनाई रहेको छ । 

प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा परिचितगोसाइँकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमामा मेलालाग्ने गर्दछ । सो क्षेत्रमा सेवा सञ्चालनमा आएपश्चात दर्शनार्थी तथा पर्यटक लगायत सो क्षेत्रमा बसोबास गर्ने वासिन्दासमेत सेवाबाट लाभान्वित हुनेछन् ।

156 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ