काठमाडौः विहिवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने बढेको पाइएको छ ।
नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावला सुन प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोवार भइरहेको छ । जुन बुधवारको बजार मूल्य बराबर हो । महासंघका अनुसार आज चाँदीको मूल्यमा भने बृद्धी भएको छ । । बुधबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार दश रुपैयाँले बढेर तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघको भनाई रहेको छ ।