पात्रो

रेडियो

समाचार खोजी

आज शिक्षा समितिको बैठक बस्दै

साझा अर्थ संवाददाता २२ साउन २०८२, बिहिवार

काठमाडौं :  आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठक दिउँसो २ बजे बस्दैछ ।  बैठकमा शिक्षा विधेयक सम्बन्धी उप समितिको प्रतिवेदन माथी छलफल गर्न बैठक बस्न लागेको हो ।
दिउँसे २ बजे बस्ने बैठकमा प्रतिवेदन उपर छलफल हुने बताइएकाे छ । असार २२ गतेनै समितिबाट विधेयक पारित गर्ने तयारी भएपनि शिक्षा मन्त्री रघुजी पन्तले केही विषयमा सहमति हुनु बाँकी रहेकोले केही दिन बैठक स्थगित गर्न आग्रह गरेपछि बैठक स्थगित  गरिएको थियो । 
शिक्षा समितिको बैठक आज बस्न लागेको सन्दर्भमा नेपाल शिक्षक महासंघले पनि आजै बैठक डाकेको छ । महासंघले श्रावण २१ गते सम्म विधेयक पेश गर्न अल्टिमेटम दिएको थियो । अब के गर्ने भन्ने बारेमा रणनीति तयार गर्न महासंघको बैठक बस्न लागेको महासंघ सम्बद्ध पदाधिकारीहरुले जनाएका छन् ।

151 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्