काठमाडौः शेयर कारोवारमा ठगि गरेको आरोपी सिप्रवि सेक्युरिटिजका महाप्रवन्धक जयन्त श्रीवास्तव लाई म्याद थपगरी अनुसन्धान अगाडि बढाइने भएको छ । जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी उनीमाथी अनुसन्धान अगाडि बढाईने भएको हो ।
ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपाने विरुद्ध प्रहरी वृत्त सिंहदरबारमा मिता मुरारका अग्रवालले ठगिको आरोपमा उजुरी दिनु भएको थियो । सोही आधारमा प्रहरीले पक्राउ पूर्जि जारी गरेको थियो ।
सिप्रविले ११ करोड ५५ लाख रुपैयाँ ठगी गरेको मिताको उजुरीमा उल्लेख छ ।
सोही उजुरीको आधारमा चारै जनालाई पक्राउ गर्न असार ९ गते पक्राउ पूर्जी जारी गरेको थियो । बुधवार श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।