काठमाडौः बुधवार नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला एकसय ले घटेको छ । नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा भने प्रतितोला २५ रुपैयाँ बृद्धी भएको छ । मंगलवार २ हजार २८० रुपैयाँमा कारोबार भएको असली चाँदी आज २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेका महासंघको भनाई रहेको छ ।