पात्रो

रेडियो

समाचार खोजी

स्वाभिमान लघुवित्तको नाफा बढ्यो

साझा अर्थ संवाददाता २१ साउन २०८२, बुधवार

काठमाडौंः स्वाभीमान लुवित्त वित्तीय संस्थाको नाफा बढेको पाइएको छ । संथाको गत आर्थिक वर्षको चौथो त्रैमासिक सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा बढेको पाइएको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ७ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन त्यो भन्दा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१९.०८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७८ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४१ रुपैयाँ ७६ पैसा बढेर ४७ रुपैयाँ १५ पैसा पुगेको छ ।

190 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ