काठमाडौ: नेपाली बजारमा मंगलवार सुनको मुल्यमा १९ सयले बृद्दी भएको छ । नेपाल सुन चांदी ब्यावसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चांदीको मुल्यमा पनि २५ रूपैयाँ बृद्दी भएको छ । बजारमा आज असली चाँदी प्रति तोला २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो