पात्रो

रेडियो

समाचार खोजी

सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारकालागि आर्थिक सहायता सम्बन्धी सम्झौता सम्पन्न

साझा अर्थ संवाददाता २० साउन २०८२, मङ्गलवार

काठमाडौंः सानिमा बैंक  र पाटन अस्पतालबीच विपन्नमहिलाहरुको उपचारकालागिआर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्र बमोजिम आगामी १ वर्षका लागि सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ । बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागिउक्त अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ ।

सानिमा बंैकले प्रत्येक “नारी बचत खाता” खोले बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी राहत कोषमा रकम जम्मागर्दैै आएकोे छ । सो कोषमा जम्मा भएको रकम देश भरका विभिन्न अस्पताल मार्फत विपन्न नारीहरुको उपचारमा सहयोग गर्दै आएको छ ।

पाटन अस्पतालको परिसरमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बंैकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

189 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ