पात्रो

रेडियो

समाचार खोजी

समयमा काम सम्पन्न नगर्ने ११  निर्माण कम्पनी कालोसूचीमा

साझा अर्थ संवाददाता १९ साउन २०८२, सोमवार

काठमाडौंः समयमै काम सम्पन्न नगर्ने ११ वटा कम्पनीललाई कालो सूचिमा राखिएको छ । सार्वज्निक खरिद अनुगमन कार्यालयले ति कम्पनीहरुलार्य कालो सूचिमा राखेको हो । 
कार्यालयले आज सार्वज्निक सूचना जारी गर्दै ११ निर्माण कम्पनीहरुलाई कालो सूचिमा राखिएको जनाएको छ । सूचना अनुसार ति  निर्माण कम्पनीहरुले जिम्मा लिएको काम समयमै पूरा नगरेको हुनाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एक देखि दुई वर्षको लागि कालो सूचीमा राखिएको हो । कालो सूचिमा राखिएका निर्माण कम्पनीहरुले सो  अवधिमा कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने नपाउने कानुनी ब्यवस्था रहेको छ । 
कालो सूचिमा राखिएका कम्पनीहरुमा राखि कन्सट्रक्सन, जगदम्बा कन्सट्रक्सन, जलजला मल्टी विज्नेस कन्सट्रक्सन एन्ड सप्लायर्स, शिवम कन्सट्रक्सन, क्वालिटी इन्द्रावत कन्सट्रक्सन सप्लायर्स, अमर हर्क दिपक कन्सट्रक्सन,सप्तकोशी जलाधार निर्माण कम्पनी, सदाशिव कन्सट्रक्सन, अश्भि निर्माण सेवा,  एमएस अराभली इन्फ्रा पावर तथा शैलुङ कन्सट्रक्सन रहेको सूचनामा उल्लेख छ ।

140 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ