पात्रो

रेडियो

समाचार खोजी

नेपालका विकास साझेदारले बढाए सहुलियपूर्ण ऋणको ब्याजदर

साझा अर्थ संवाददाता १८ साउन २०८२, आइतवार

काठमाडौंः नेपालका विकास साझेदार विश्व बैंक र जापानले नेपाललाइ दिँदै आएको सहुलियपूर्ण ऋणको ब्याजदरमा बृद्धी गरेका छन् । नेपालको प्रतिब्यक्ति आयमा बृद्धी भएको भन्दै ति विकास साझेदारहरुले ब्याजदरमा बृद्धी गरेका हुन् । 
अर्र्थ मन्त्रालयका अनुसार विश्व बैङ्कले नेपाललाई दिने ऋणको ब्याजदर ०.७५ प्रतिशतबाट बढाएर १.५० प्रतिशत पुर्याएको छ । यसैगरी जापानले दिने ऋणको ब्याजदर पनि १.९० प्रतिशत हुने भएको छ । लगातार तीन वर्ष नेपालको प्रतिव्यक्ति आय विश्व बैङ्कको निर्धारित सीमाभन्दा माथि रहेकाले विश्व बैंकले ब्याजदर बढाएको मन्त्रालयको भनाई रहेको छ । यसैगरी विश्व बैङ्कले ऋण भुक्तानी अवधि पनि ४० वर्षबाट घटाएर ३० वर्ष पुर्याएको छ । जापानले पनि आफ्नो नयाँ नीति अनुसार ब्याजदर समायोजन गरेको बताइएको छ ।  ।
विश्व बैङ्क नेपालको सबैभन्दा ठूलो बहुपक्षीय साझेदार हो भने जापान प्रमुख द्विपक्षीय साझेदार हो । नेपालले यी साझेदारबाट सहुलियतपूर्ण ऋण प्राप्त गर्दै आएको छ । यस्तो ऋण नेपालको विकास बजेटको महत्वपूर्ण  स्रोत को रुपमा रहिआएको छ । ब्याजदरमा भएको बृद्धीले सरकारको वित्तीय दायित्व अझै बढ्ने अनुमान गरिएको छ ।

214 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु