पात्रो

रेडियो

समाचार खोजी

प्रधानमन्त्री ओली आज राती तुर्कमेनिस्तानको भ्रमणमा जानु हुँदै

साझा अर्थ संवाददाता १८ साउन २०८२, आइतवार

काठमाण्डौः  प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान भ्रमणमा जानु हुँदै छ  । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपरान्ह ११ः५५ बजे फ्लाई दुबईको उडानबाट उहाँ तुर्कमेनिस्तान भ्रमणमा जान लाग्नु भएको हो । 
साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने सम्मेलनमा  भाग लिन जान लाग्नु भएको हो । सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्नु हुने बताइएको छ । भ्रमण टोलीमा ओली की धर्मपत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायत सहभगी हुनु हुनेछ । 
तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ तथा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा  त्यसतर्फ जान लाग्नु भएको हो ।

140 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ