पात्रो

रेडियो

समाचार खोजी

सिवाईसी नेपाल लघुवित्तको खुद नाफा २०८% ले बढ्यो, ईपीएस ४४.०९ रुपैयाँ कायम

साझा अर्थ संवाददाता १८ साउन २०८२, आइतवार

काठमाडाै‌ : वाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार संस्थाले ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २०८.४४ प्रतिशतले बढी हो।  

अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले ३ करोड ८० लाख रुपैयाँ बराबरको खुद नाफा कमाएको थियो।  
संस्थाको खुद ब्याज आम्दानी ४५ करोड ३ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ४१.२९ प्रतिशतले बढी हो। अघिल्लो आवमा संस्थाले ३१ करोड ८७ लाख रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको थियो।  

संस्थाको खुद सञ्चालन आम्दानी ४९ करोड ९४ लाख र सञ्चालन मुनाफा १६ करोड २७ लाख रुपैयाँ पुगेको छ। संस्थाको सञ्चालन खर्च केही बढेको छ। अघिल्लो आवमा ३३ करोड २७ लाख रुपैयाँ रहेको सञ्चालन खर्च बढेर ३३ करोड ६७ लाख रुपैयाँ पुगेको छ।  

संस्थाले रिटेन्ड अर्निङ र रिजर्भ दुवै बढाएको छ। रिटेन्ड अर्निङ २ करोड ३३ लाखबाट बढेर ११ करोड ३३ लाख पुगेको छ। रिजर्भको आकार पनि ३३ करोड ८८ लाखबाट ३५ करोड ८६ लाख कायम भएको छ।  

यो अवधिमा संस्थाले २ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन र ६ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।  

इम्पेयरमेन्ट चार्जका लागि संस्थाले २ करोड २ लाख रुपैयाँको व्यवस्था गरेको छ। संस्थाको खराब कर्जा अनुपात केही घटेको छ। अघिल्लो आवमा ४.९५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.५४ प्रतिशत पुगेको छ। संस्थाको वितरणयोग्य मुनाफा ९ करोड १० लाख रुपैयाँ रहेको छ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिशेयर आम्दानी (ईपीएस) ४४.०९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २७७.१७ रुपैयाँ कायम भएको छ।

159 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ