पात्रो

रेडियो

समाचार खोजी

बन्धक मुक्त नभएसम्म युद्ध जारी रहने इजरायली सेना प्रमुखको चेतावनी

साझा अर्थ संवाददाता १७ साउन २०८२, शनिवार

जेरुसेलम, १७ साउन (रासस/एएफपी) : इजरायलका शीर्ष जनरल इयाल जमीरले  प्यालेस्टिनी इलाकामा बन्धकहरूको छिटो रिहाइ गर्ने वार्ता असफल भएमा गाजामा लडाइँ जारी रहने चेतावनी दिनु भएको छ ।  

सेना प्रमुख लेफ्टिनेन्ट जनरल जमीरले गाजाका अधिकारीहरूलाई सम्बोधन गर्दै विज्ञप्ति मार्फत आगामी दिनमा बन्धकहरूको रिहाइका लागि सहमतिमा नपुगे यद्ध जारी रहेन बताउनु भएको छ ।  

इजरायली सेनाले सार्वननिक गरेको फुटेजमा जमीरले कमान्ड सेन्टरमा सैनिक र अधिकारीहरूलाई भेट्दै गरेको देखाइएको छ ।

प्यालेस्टिनी सशस्त्र समूहहरूले यस हप्ता बन्धकहरूकोे दुईवटा भिडियोहरू सार्वजनिक गरेको जनाइएको छ । 

यस अघि युक्त राज्य अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा–युद्धविराम र बन्दकहरुको रिहाइको लागि आयोजित वार्ता सफल हुन नसके पछि हाल युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढी रहेको छ । 

यसैबिच सहायता एजेन्सीहरूले गाजानहरुले सहायतामा इजरायली प्रतिबन्धले उत्पन्न विनाशकारी अनिकालको सामना गरिरहेको चेतावनी दिएका छन् । तथापि, जमीरले यी आरोपहरूलाइ अस्वीकार गर्दै गाजाका बासिन्दाहरूको हत्या र पीडाको जिम्मेवार हमास  भएको उल्लेख गर्नु भएको छ ।  

160 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ