काठमाडौैंः आजबाट दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आइपीओ विक्री खुल्ला भएको छ । योजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चातसर्वसाधारणका लागि आईपीओ निष्काशन खुल्ला गरेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता आइपीओ विक्री खुल्ला गरेको कम्पनीले जनाएको छ । आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ छिटोमा साउन १९ गते तथा ढिलोमा साउन २९ गते बन्द हुने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।