पात्रो

रेडियो

समाचार खोजी

श्रीनगर एग्रीटेकले पायो आईपीओ निष्काशन अनुमति

साझा अर्थ संवाददाता १४ साउन २०८२, बुधवार

काठमाडाै: श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले साउन १३ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो।

बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले कुखुराको चल्ला र अण्डा उत्पादन गर्दै आएको छ। त्यस्तै, कुखुराको लागि सुनौलो प्लेट दाना, माछा र बंगुरलाई आवश्यक पर्ने दाना पनि उत्पादन गर्दै आएको छ। कम्पनीले कृषकलाई कृषि सम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ भने किसानले उत्पादन गरेका सामग्रीहरु खरिद गरेर बजारसम्म पुयाउँदै पनि आएको छ।

174 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्