पात्रो

रेडियो

समाचार खोजी

बागमती प्रदेशमा तीन मन्त्री नियुक्त

साझा अर्थ संवाददाता १४ साउन २०८२, बुधवार

काठमाडौंः आफ्नै पार्टी भित्र संसदीय दलमा बहुमत गुमाएर संसदीय दलको नेताबाट पदमुक्त बागमती प्रदेशका मख्य मन्त्री बहादुर सिंह लामाले तीन जना मन्त्री नियुक्त गर्नु भएको छ । बुधवार मुख्य मन्त्री लामाले गोविन्द लम्साल, माया श्रेक्ष्ठ तथा गीता गुरुङलाई मन्त्री नियुक्त गर्नु भएको हो । 
गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएतापानि अन्य मन्त्रीको भने जिम्मेवारी तोकिएको छैन । 
नेपाली काँग्रेसको तर्फबाट मन्त्री बन्नु भएको पाँच जनाले मन्त्री पदबाट राजिनामा दिनु भएको उहाँहरुले सम्हालेका पदहरु रिक्त थिए । नेपाली काँग्रेस संसदीय दलको नेतामा मुख्य मन्त्री बहादुर सिंह लामाले विश्वासको मत गुमाएपछि आज संसदीय दलको नयाँ नेता चयन गरिने बताइएको छ ।

122 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्