पात्रो

रेडियो

समाचार खोजी

नेपाल राष्ट्रबैंकद्वारा ५० रुपैयाँ दरका नोट छाप्न बोलपत्र आह्वान

साझा अर्थ संवाददाता १० साउन २०८२, शनिवार

काठमाडौंः नेपाल राष्ट्रबैंकले ५० रुपैयाँ दरका नोट छाप्न बोलपत्र आह्वान गरेको छ । सो दरका ४२ करोड नोट छपाइका लागि विहिवार  अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको हो । 
बैंकले  सूचना प्रकाशन गर्दै केन्द्रीय बैंकले नोटहरू सुरक्षित तरिकाले छपाइ गर्न इच्छुक कम्पनीहरूलाई टेन्डर पेश गर्न आग्रह गरेको छ । टेन्डर ‘सिंगल स्टेज टू इन्भेलोप’ विधिबाट हुनेछ, जसअनुसार प्रस्तावदाताले प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव छुट्टाछुट्टै रूपमा पेश गर्नुपर्नेछ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले यस प्रयोजनका लागि आवश्यक बजेट विनियोजन भइसकेको जनाएको छ । 
बोलपत्र पेश २०८२ साल भदौ २३ गतेसम्म सकिने छ ।  प्रस्ताव कम्तीमा १२० दिनसम्म मान्य रहनेछ भने कम्तीमा ४ करोड रुपैयाँ बराबरको बैंक जमानतपत्र  समेत संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ । 

265 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्