पात्रो

रेडियो

समाचार खोजी

राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिमा ढकाल

साझा अर्थ संवाददाता ४ साउन २०८२, आइतवार

काठमाडौं – सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड सञ्चालक समितिको  अध्यक्षमा देव कुमार ढकाल नियुक्त हुनुभएको छ । नवनियुक्त अध्यक्ष ढकालले पदभार ग्रहण समेत ग्िसक्नुभएको छ ।
उहाँलाई शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत रुपमा चयन गरेको थियो । ढकालसँग नेपाल राष्ट्र बैङ्कमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गर्नुभएको अनुभव छ । पछिल्लो समय राष्ट्र बैङ्कको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर कार्य गर्नुभएका ढकाल वित्तीय प्रणाली, बैंकिंग प्रशासन तथा नियमन प्रणाली विषयको जानकार हुनुहुन्छ ।
नवनियुक्त ढकाललाई बैङ्क सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्रा.डा.रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा.सूर्य बहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल, बैङ्कका व्यवस्थापन समितिका पदाधिकारीहरु, कम्पनी सचिव प्रमोद अधिकारी एवम् प्रमुख कार्यकारी अधिकृतको कार्यालयका सम्पूर्ण कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

152 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता