यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइद्सले यसपालीको दशैंतिहार र छठ पर्वलाई ध्यानमा राखेर नयाँ ग्राहक योजना ल्याएको छ।
‘बिगेस्ट १०शैं’ नामक उक्त योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकहरूले १० लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्याश ब्याक उपहार प्राप्त गर्न सक्नेछन् ।
यसबारे यामाहा नेपालका सीईओ संजीव शुक्लाले बडादशैंलाई नामजस्तै भव्य र ठूलो बनाउने सोच अनुसार नै यो अफर ल्याएको बताएका छन् । उनले यामाहाका बाइक र स्कुटरहरू किन्दा अधिकतम १० लाख रुपैयाँसम्म नगद फिर्ता हुने र कसैको पनि हात खाली नजाने भएकाले ग्राहकहरूले यसपालीको दशैं अहिलेसम्मकै ठूलो र भव्य महशुस गर्ने विश्वास लिएको पनि बताएका छन् ।
यसका साथै कम्पनीले यामाहाको स्टाइल, स्पोर्टिनेस र एक्साइटमेन्टले भरिपूर्ण एफजेड भीथ्री बाइकहरूमा १० वर्षको वारेन्टी पनि जारी गरेको छ। उक्त अवसरमा कम्पनीले अन–द–स्पट एक्सचेन्जको सुविधा पनि दिनेछ भने आफ्ना ग्राहकहरूका लागि शून्य ब्याजदरमा ईएमआई र इजी फाइनान्सको सुविधा पनि प्रदान गर्ने बताएको छ।
साझा अर्थ संवाददाता