पात्रो

रेडियो

समाचार खोजी

महालक्ष्मी विकास बैङ्कको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त

साझा अर्थ संवाददाता २९ असार २०८२, आइतवार

काठमाडौं । महालक्ष्मी विकास बैङ्कको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त हुनुभएको छ । बैङ्कको शुक्रबार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार ठाकुर स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त हुनुभएको हो ।
बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४(३) मा भएको व्यवस्था बमोजिम अश्वीनी कुमार ठाकुर स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त हुनुभएको बैङ्कले जनाएको छ । ठाकुरसँग नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (साविकः राष्ट्रिय बीमा संस्थान) को प्रमुख कार्यकारी अधिकृत तथा मध्यपश्चिामञ्चल ग्रामीण विकास बैङ्क, हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, नेशनल बैङ्किङ इन्स्टिच्युट लिमिटेड लगायतका संगठित संस्थाहरुको बोर्ड सदस्यको जिम्मेवरीमा रही कार्य गरेको अनुभव रहेको छ ।
नवनियुक्त ठाकुरले आइतबार बैङ्कको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पद बहाली गर्नुभयो । साथै सोही कार्यक्रममा बैङ्क सञ्चालक समिति सदस्यहरुले संयुक्त रुपमा उहाँलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभयो छ । उहाँको  विगतको अनुभवले बैङ्कको समग्र संस्थागत सुशासन अभिबृद्धि गर्न मद्दत पुग्ने विश्वास बैङ्कले लिएको छ ।

146 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता