पात्रो

रेडियो

समाचार खोजी

‘गाजा युद्ध अन्त्य गर्ने समय आएको अमेरिकी राष्ट्रपति वाइडेनको भनाइ

साझा अर्थ संवाददाता १६ भदौ २०८१, आइतवार

(रासस/एएनआई) : अमेरिकी राष्ट्रपति जो बाइडेनले संक्षिप्त प्रतिक्रिया दिँदै अब युद्ध अन्त्य गर्ने समय आएको बताउनुभएको छ । 

गाजा पट्टीबाट एक इजरायली मूलका अमेरिकीसहित बन्धक बनाइएका छ बन्धकको हत्या भएको घटनाबाट आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँले गाजामा युद्ध अन्त्यका लागि आफूहरूले अहोरात्र खटिरहेको पनि बताउनुभयो । 

राष्ट्रपति बाइडेनले बन्धकको हत्या गरिनु ‘निन्दनीय’ भएको र यस घटनाले आफूलाई स्तव्ध पारेको बताउनुभयो । “हमासका नेताहरूले यी अपराधको मूल्य चुकाउनेछन्,”उहाँले भन्नुभयो । 

उहाँले अगाडि भन्नुभयो, “अब युद्ध अन्त्य गर्ने वेला भएको छ । प्यालेस्टिनी समूहले बन्धक बनाएका बाँकी बन्धकहरूको रिहाइका लागि सम्झौता गर्न अहोरात्र काम भइरहेको छ ।”

बाइडेनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हमासका आतङ्ककारीले मारेका बन्धकमध्ये एक अमेरिकी नागरिक हर्श गोल्डबर्ग–पोलिन रहेको हामीले पुष्टि गरेका छौँ ।”

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता रियर एडमिरल डेनियल हागारीलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले दक्षिणी गाजाको रफाहबाट बरामद भएका छ वटा शव हमासले आईडीएफ सेना आउनुभन्दा केही समयअघि नै ‘निर्मम हत्या’ गरेका इजरायली बन्धकको भएको बताएको छ ।

यसैबीच उपराष्ट्रपति कमला ह्यारिसले एक वक्तव्य जारी गर्दै हमासलाई ‘निर्मूल पार्नुपर्ने’ र गाजालाई नियन्त्रण गर्न दिन नसकिने बताउनुभएको छ । 

ह्यारिसले २३ वर्षीया अमेरिकी नागरिक गोल्डबर्ग–पोलिनका आमाबुबा जोन र राहेलप्रति समवेदना व्यक्त गर्दै भन्नुभयो, “अमेरिकी नागरिकको सुरक्षाभन्दा मेरो कुनै उच्च प्राथमिकता छैन। 

365 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु