पात्रो

रेडियो

समाचार खोजी

एनभिडियाको शेयर मूल्यले बनायो नयाँ रेकर्ड, माइक्रोसफ्टलाई

साझा अर्थ संवाददाता १३ असार २०८२, शुक्रवार

काठमाडाै‌ : अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाको सेयरमूल्यले नयाँ रेकर्ड कायम गरेको छ। कम्पनीको सेयरमूल्य ४ प्रतिशतभन्दा बढीले बढ्दै हालसम्मकै उच्च कायम भएको हो।  

यो वृद्धिसँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता १५४.३१ डलर कायम भएको छ। यसअघि कम्पनीको उच्च मूल्य प्रतिकित्ता १४९.४३ डलर कायम थियो। यससँगै एनभिडिया बजार पूँजीकरणको हिसाबले विश्वकै सबैभन्दा मूल्यवान कम्पनी समेत बनेको छ। कम्पनीको बजार पूँजीकरण ७.७ ट्रिलियन डलर पुगेको छ। कम्पनीले माइक्रोसफ्टलाई पछि पार्दै यो सफलता हात पारेको हो। 
‍‍‍‍
३ ट्रिलियन डलरबराबरको बजार पूँजीकरण भएको आईफोन निर्माता कम्पनी एप्पल तेस्रो स्थानमा रहेको छ।  

ग्राफिक्स प्रोसेसिङ युनिट वा जीपीयुमा एनभिडिया शीर्ष नेतृत्वकर्ताको रुपमा रहेको छ।

233 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु