पात्रो

रेडियो

समाचार खोजी

सरकारका १९ निर्णय सार्वजनिक: पुल मर्मत र समावेशी विकास परियोजनामा विदेशी सहायता स्वीकृत

विश्व बैंक र दक्षिण कोरियाबाट प्राप्त करिब २२ अर्ब रुपैयाँ सहयोग स्वीकार, सत्य निरूपण आयोगमा नयाँ कायममुकायम सचिव नियुक्त

साझा अर्थ संवाददाता ४ असार २०८२, बुधवार

काठमाडौं – सरकारले मन्त्रिपरिषद्को पछिल्लो बैठकमा गरिएका १९ वटा निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलनमार्फत असार २ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।

बैठकले ‘पुल सुधार तथा मर्मत कार्यक्रम’को तेस्रो चरणका लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिन स्वीकृति प्रदान गरेको छ।

त्यसैगरी, बर्दिया जिल्लामा सञ्चालन हुन लागेको समावेशी ग्रामीण विकास परियोजनाका लागि दक्षिण कोरियाली सरकारबाट प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख रुपैयाँको अनुदान सहयोग स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ।

त्यसका साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव निर्मला अधिकारी भट्टराईलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा कायममुकायम रूपमा नियुक्त गर्ने निर्णय पनि बैठकमा गरिएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो।

251 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता