पात्रो

रेडियो

समाचार खोजी
विद्यार्थीलाई मार्गदर्शन र परामर्श दिने उद्देश्यसहित माइल्स इन्टरनेसनल कन्सल्टेसीले घोराहीमा आफ्नो सातौँ शाखा सञ्चालनमा ल्यायो। उद्घाटनसँगै गुरुकुल स्कुलमा सामाजिक सहयोग पनि प्रदान।

माइल्स इन्टरनेसनल कन्सल्टेन्सीको सातौँ शाखा घोराहीमा सञ्चालन

विदेश अध्ययनको तयारीलाई अझ सहज बनाउँदै माइल्सले घोराहीमा आफ्नो सेवा विस्तार गर्‍यो

साझा अर्थ संवाददाता २ असार २०८२, सोमवार

२ असार – शैक्षिक परामर्श सेवामा सक्रिय माइल्स इन्टरनेसनल कन्सल्टेसीले हिजो घोराहीमा आफ्नो सातौँ शाखाको औपचारिक उद्घाटन गरेको छ। एक दशकभन्दा बढी समयदेखि शैक्षिक मार्गदर्शनमा संलग्न रहँदै आएको कन्सल्टेसीले घोराहीमा नयाँ शाखा थप्दै आफ्नो सेवा क्षेत्र विस्तार गरेको हो।

घोराही शाखाका अध्यक्ष किरण पुनको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा घोराही उपमहानगरपालिका–१५ का वडा अध्यक्ष रमेश कुमार पाण्डे प्रमुख अतिथि रहनुभएको थियो भने नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सविन प्रियासन विशिष्ट अतिथि हुनुहुन्थ्यो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष पाण्डेले अन्तर्राष्ट्रिय शिक्षामा युवाहरूको पहुँच सहज बनाउने कन्सल्टेसीको प्रयासको प्रशंसा गर्नुभयो। यस्ता संस्थाले दक्ष जनशक्ति निर्माणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै स्थानीय सरकार पनि निजी क्षेत्रको शैक्षिक योगदानलाई सकारात्मक रूपमा लिने गरेको उल्लेख गर्नुभयो।

पत्रकार महासंघका केन्द्रिय सदस्य प्रियासनले विदेश अध्ययनमा जाने युवालाई सुसूचित बनाउनु आवश्यक रहेको र यस्ता कन्सल्टेसीहरूले सो कार्यमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीले विदेश जानुअघि पाउनु पर्ने मार्गदर्शनलाई अधिकारका रूपमा व्याख्या गर्नुभयो।

कन्सल्टेसीका सिइओ विवेक सिवाकोटीले संस्थाको हालसम्मको यात्रा र उपलब्धिहरू प्रस्तुत गर्दै युरोप, अमेरिका, यूके, क्यानडा, अस्ट्रेलिया, कोरिया, जापान लगायतका देशहरूमा ५ सयभन्दा बढी विद्यार्थी पठाइसकेको जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुबेदी, त्रिभुवन नगर जेसीज दाङका अध्यक्ष अनन्त रावत लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको थियो। इनुप भण्डारीले स्वागत मन्तव्य दिनुभएको थियो भने सन्दिप भुसालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

 सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग

शाखा उद्घाटनको पूर्वसन्ध्यामा, कन्सल्टेसी घोराही शाखाले शुक्रबारमा रहेको गुरुकुल स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री, खाद्यान्न तथा खाना पकाउने भाँडा हस्तान्तरण गरेको थियो।

शाखा प्रमुख दिर्शान सिंहले कन्सल्टेसी शैक्षिक सेवासँगै सामाजिक उत्तरदायित्व पनि बहन गर्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो। कार्यक्रमको सहजिकरण युवा व्यवसायी मिनराज भटले गर्नुभएको थियो।

1620 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता