पात्रो

रेडियो

समाचार खोजी

एशियन लाइफ इन्स्योरेन्सले ५.३६८४% लाभांश प्रस्ताव

साझा अर्थ संवाददाता २६ जेठ २०८२, सोमवार

काठमाडौं, जेठ २६ – एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले आर्थिक वर्ष २०८०/८१ का लागि ५.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले वितरण गर्न प्रस्ताव गरेको कुल लाभांश रकम रु. १८.२५ करोड बराबरको छ।

कम्पनीको २०४औं सञ्चालक समिति बैठक जेठ २५ गते बसेको बैठकले ५.१% बोनस शेयर र ०.२६८४% नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित बोनस शेयर रकम करिब रु. १७.३३ करोड र नगद लाभांश रु. ९१.२५ लाख बराबरको हुनेछ।

हाल कम्पनीको चुक्ता पूँजी रु. ४.८२ अर्ब रहेको छ। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभा (AGM) बाट पारित भएपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ। 

390 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु