पात्रो

रेडियो

समाचार खोजी

टेक एन्ड पे नीतिप्रति इप्पानको असन्तुष्टि

साझा अर्थ संवाददाता २२ जेठ २०८२, बिहिवार

काठमाडौँ, २२ जेठः स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले टेक एण्ड पे नीतिमा विद्युत् खरिद सम्झौता गर्दा लगानी जोखिममा पर्ने उल्लेख गर्दै असन्तुष्टि जनाएको छ । 

 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष गणेश कार्कीले टेक एन्ड पेमा मात्र विद्युत् खरिद सम्झौता गर्दा जलविद्युत् आयोजनाको रु ६६ अर्ब २२ करोड लगानी जोखिममा पर्ने दाबी गर्नुभयो । उहाँले उक्त समस्यालाई ठूलो समस्या ल्याउने बताउनुभयो । 

 

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटमा टेक एण्ड पे नीति उल्लेख छ । अध्यक्ष कार्कीले सरकारको उक्त नीतिले निजी लगानीकर्तालाई समस्या पार्ने उल्लेख गर्दै नीति सच्याउन माग गर्नुभयो । 

 

सरकारले आगामी आवका लागि विनियोजित बजेटमा रन अफ दि रिभर (आरओआर) आयोजनाको हकमा टेक एन्ड पेमा मात्र विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने, ऊर्जा उत्पादन र खपतको सन्तुलनको आधारमा मात्र पीपीए गर्ने घोषणा गरेको थियो । 

 

अध्यक्ष कार्कीले भन्नुभयो, “पहिले निजी क्षेत्रलाई लगानी गर्न उत्साहित गर्दै ऊर्जा क्षेत्रमा लगानी गर भन्ने र तर अहिले आएर उत्पादन गरिएको विद्युत् खरिद गर्दैनौ भन्ने काम सरकारबाट भएको छ”, उहाँले भन्नुभयो, “उक्त नीतिले निजी क्षेत्र अप्ठ्यारोमा परेको छ उक्त नीतिले निजी क्षेत्रलाई जलविद्युत् क्षेत्रबाट पन्छ्याउन खोजेको छ ।”

189 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता