पात्रो

रेडियो

समाचार खोजी

एचाइडिसिएलको संस्थापक सेयर लिलामीको कटअफ मूल्य १४५.६ रुपैयाँ, बजारमा कतिमा हुँदैछ कारोबार?

साझा अर्थ संवाददाता १२ भदौ २०८१, बुधवार

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको लिलामीमा राखिएको संस्थापक सेयर बाँडफाँड भएको छ । उक्त सेयरको कटअफ मूल्य १४५.६ रुपैयाँ कायम भएको छ ।

कम्पनीको एक करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयरका लिलामीका लागि गत साउन २९ गतेदेखि भदौ ६ गतेसम्म गोप्य सिलबन्दी मार्फत आवेदन माग गरिएको थियो । आज बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नक्सालमा रहेको कार्यालयमा बिहान ८ बजेदेखि सिलबन्दी खोली सेयर बाँडफाँड गरिएको हो ।

न्यूनतम मूल्य एक सय रुपैयाँ तोकिएको उक्त सेयरको लिलामी प्रक्रियामा कुल २५ सय जनाले आवेदन दिएका थिए । दोस्रो बजारमा हाल कम्पनीको संस्थापक समूहको सेयरको मूल्य १८४ रुपैयाँ रहेको छ । नेप्सेमा सूचीकरण भएपश्चात् आज बाँडफाँड भएको सेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

516 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्