काठमाडौं: बुक बिल्डिङ विधि मार्फत आइपीओ निश्काशन गर्न लागेको रिलाइन्स स्पिनिङस् प्रतिशेयर आमदानी २.०८ रुपैयाँ मात्र रहेको पाइएको छ । कम्पनीले हालै सार्वजनिक गरेको थ्याङ्क अनुसार प्रतिशेयर आमदानी सो रहेको पाइएको हो ।
प्रति कित्ता ८२०.८० रुपैयाँका दरले असार २७ गतेबाट बुकबिल्डिङ विधि मार्फत आइपीओ निश्काशन गर्न लागेको कम्पनीको गत वर्षको प्रतिशेयर आमदानी ५४.३४ रुपैयाँ रहेको थियो । प्रतिशेयर आमदान न्यून रहेको वर्तमान अवस्थामा कम्पनीले महंगो मूल्यमा आइपीओ जारी गर्न लागेको हो । कम्पनीले १ लाख १५ हजार पाँचसय छयान्नब्बे कित्ता शेयर जारी गर्दै छ ।
कम्पनीद्वारा हालै सार्वजनिक गरिएको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको तथ्याङ्क अनुसार चैत्र महिनासम्म कम्पनीको खुद नाफा २ करोड ६३ लाख २३ हजार रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९२ करोड ७८ लाख २१ हजार खुद नाफा रहेको थियो । गत वर्षको समिक्षा अविधि भन्दा यो वर्ष कम्पनीको नाफामा ठुलो गिरावटा आएको तथ्याङ्कले देखाएको छ ।
साझा अर्थ संवाददाता