काठमाडौं । महालक्ष्मी विकास बैङ्कले ३१ औं वर्पमा प्रवेश गरेको अवसरमा ३१ जना महिला उद्यमीहरुलाई देशैभरका विभिन्न शाखा कार्यालयमार्फत विभिन्न कार्यक्रमहरु गरी सम्मान गरेको छ ।
वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मुल प्रवाहमा ल्याउने उद्देश्य सहित महिला उद्यमीहरुलाई सम्मान गरिएको बैङ्कले जनाएको छ । सम्मानबाट उद्यमशीलतालाई समेत प्रबद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
बैङ्कले वार्षिकोत्सवकै अवसरमा जेठ ६ गते देशभरका १० वटा शाखा कार्यालय र बैङ्कको केन्द्रिय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान कार्यक्रममार्फत ३२० पिन्ट रगत संकलन गरिएको बैङ्कले जनाएको छ । स्वास्थ्य क्षेत्रमा चुनौतिको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस भन्ने उद्देश्यले बैङ्कले ३१ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमहरु सञ्चालन गरेको हो ।
साथै बैङ्कले बुधबार केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषा सहितको पहिरनमा उपस्थीत भई सम्बन्धीत भेषभूषाको प्रहसन गरिएको थियो ।
यसका साथै बैङ्कको केन्द्रिय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर समेत सञ्चालन गरेको छ । त्यस्तै केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
साझा अर्थ संवाददाता