पात्रो

रेडियो

समाचार खोजी

नवनियुक्त गभर्नर डा. पौडेलद्घारा सपथ तथा पदभार ग्रहण

साझा अर्थ संवाददाता ७ जेठ २०८२, बुधवार

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष सपथ ग्रहण गर्नुभएको छ ।
सर्वोच्च अदालतमा बुधबार आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले अर्थविद् डा पौडेललाई शपथ ग्रहण गराउनुभएको हो ।
मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद डा. पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
सरकारले गभर्नर चयनका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।
शपथ ग्रहण लगत्तै नवनियुक्त गभर्नर पौडेलले नेपाल राष्ट्र बैङ्कमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।
पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा पाँच सय र एक हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा गभर्नर पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
पदभार ग्रहणपछि उहाँले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताउनुभयो । मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौं ।’ गभर्नर पौडेलले भन्नुभयो ।
गभर्नरका अर्का आकांक्षी राष्ट्र बैङ्ककै कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा स्वीकृतको विषय भने आन्तरिक भएको उहाँले बताउनुभयो ।

157 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता