पात्रो

रेडियो

समाचार खोजी

प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङ भएको होइन : हितेन्द्रदेव शाक्य

साझा अर्थ संवाददाता २ जेठ २०८२, शुक्रवार
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्याका कारण विद्युत् आपूर्तिमा अवरोध देखिएको बताएका छन्। शुक्रबार प्राधिकरणको स्युचाटार कार्यालयमा पत्रकार सम्मेलन गर्दै शाक्यले हावाहुरीका कारण प्रसारणलाइनमा समस्या आउँदा बिजुली आपूर्तिमा अवरोध देखिएको बताए।
 
उनले बिहीबार बेलुकी ढल्केवर–मुजफ्फरपुर ४०० केभी डबल सर्किटलाइनमा हावाहुरीका कारण समस्या देखिएकाले काठमाडौंसहित केही स्थानमा बिजुली आपूर्ति हुन नसेकेको बताए।
 
भारतको लाइनमार्फत नेपालमा भइरहेको विद्युत् आयातसमेत केही समय रोकिएका कारण बिजुली जाने समस्या आएकाले जनमानसमा लोडसेडिङको भ्रम सिर्जना भएको उनको भनाइ छ।
 
प्राधिकरणले नेपालमा पुनः लोडसेडिङ हुने सम्भावना पूर्णरूपमा अस्वीकार गरेको छ। कार्यकारी निर्देशक शाक्यले प्राविधिक समस्याहरूलाई दीर्घकालीनरूपमा समाधान गरिने तर यसका लागि केही समय लाग्ने बताए।
 
उनले अहिले करिब १४ सय मेगावाट विद्युत् उत्पादन र पिक आवरमा दुई हजार मेगावाट माग रहको जानकारी दिए। प्रसारण लाइनको विद्युत् भारवहन गर्ने क्षमता लोड धान्न सक्ने अवस्था नरहेकाले पनि समयसमयमा बिजुली जाने गरेको उनको भनाइ छ।
200 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ