पात्रो

रेडियो

समाचार खोजी

पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोषले दियो १ अर्ब डलर

साझा अर्थ संवाददाता १ जेठ २०८२, बिहिवार
अन्तर्राष्ट्रिय मुद्रा कोष (आएमएफ)ले पाकिस्तानलाई एक अर्ब डलर ऋण प्रदान गरेको छ। भारत र पाकिस्तानबीच युद्ध चलिरहेकै बेला आएमएफको बोर्डले ७ अर्ब डलर ऋणको दोस्रो किस्ता स्वीकृत गरेको थियो।

पाकिस्तानको आर्थिक रिकभरीका लागि आइएमएफले कार्यक्रम लागू गर्न तत्परता देखाएको हो। पाकिस्तानलाई सो किस्ता नदिन भारतले अन्तर्राष्ट्रिय समुदायमा लबिङ गरेको थियो तर रोक्न असफल भएको बीबीसीले जनाएको छ। भारतले यसको औपचारिक विरोध गरेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले पर्यावरणीय जोखिम र प्राकृतिक विपत्तिसँग लड्नका लागि पाकिस्तानले गरेका प्रयासलाई समर्थन कायमै राख्ने प्रष्ट पारेको छ। उसले भविष्यमा १ अर्ब चालिस करोड डलरको बेग्लै किस्ता पनि पाकिस्तानले पाउने संकेत गरेको छ।
 
यसैबीच भारतले आइएमएफको यो निर्णयको कडा शब्दमा विरोध गरेको छ। उसले पाकिस्तानको खराब रेकर्ड देख्दा देख्दै सो रकम दिइएकोमा त्यसको प्रभावकारितामाथि प्रश्न उठेको छ।
 
उसले मुद्रा कोषको यो रकम सरकार प्रायोजित सीमापार आतंकवादमा प्रयोग गर्ने खतरा रहेको दाबी समेत गरेको छ। भारतले आइएमएफको यो निर्णयले उसको प्रतिष्ठा जोखिममा पर्ने भन्दै वैश्विक मूल्यको मजाक उडाएको आरोप लगाएको छ।
226 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता