पात्रो

रेडियो

समाचार खोजी

निफ्रालाई पाँच अर्बको ऋणपत्र निश्कासन अनुमति

साझा अर्थ संवाददाता ३१ वैशाख २०८२, बुधवार

नेपाल धितोपत्र बोर्डले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड निफ्रालाई पाँच अर्ब रुपैयाँबराबरको ‘निफ्रा ऊर्जा ऋणपत्र’ बिक्री गर्न स्वीकृत दिएको छ । बोर्डले मंगलबार निफ्रालाई प्रतियुनिट एक हजार रुपैयाँमा ५० लाख युनिट ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो । जस मध्ये ३ अर्बले हुन आउने ३० लाख इकाई निजी तबरबाट बिक्री हुने छ भने २ अर्बले हुन आउने २० लाख इकाई सर्वसाधारणलाई बिक्री हुने छ।

सात वर्षको समयावधि तोकिएको ऋणपत्रमा ६ प्रतिशत ब्याज दिनेछ । यसलाई बोर्डले ‘ग्रिन बोन्ड’ अर्थात् हरित कोषका रूपमा परिभाषित गरेको छ । यसले नेपालमा हरित अर्थतन्त्र विकास गर्न सहयोग पुग्ने बोर्डको भनाइ छ । नेपालमा पहिलोपटक हरित कोष जारी गर्न बोर्डले स्वीकृति दिएको हो ।   ऋणपत्रबाट संकलित पुँजी पर्यावरण मैत्री परियोजना संचालनका साथै दिगो विकासका कार्यमा लगानी गरी जलवायु परिवर्तनको प्रतिकूल प्रभावको न्यूनिकरणमा सहयोग पुर्याउने परियोजनामा परिचालन गर्ने गरी उक्त अनुमति प्रदान गरिएको धितोपत्र बोर्डले जनाएको छ।

ऋणपत्र निष्काशनको लागि एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

 

197 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्