पात्रो

रेडियो

समाचार खोजी

सन नेपाल लाइफ इन्स्योरेन्सको २७% हकप्रद शेयर निष्कासन सुरु

साझा अर्थ संवाददाता ३० वैशाख २०८२, मङ्गलवार

काठमाडौं | सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SNLI) ले आज ३० वैशाखदेखि २७ प्रतिशत हकप्रद शेयर निष्कासन सुरु गरेको छ। कम्पनीले हाल कायम रहेको शेयरधनीलाई १:०.२७ अनुपातमा प्रति शेयर अंकित मूल्य १०० रुपैयाँमा कुल १ अर्ब ६ करोड रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर जारी गर्नेछ।

हाल कम्पनीको जारी पुँजी ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ भने हकप्रद समायोजनपछि पुँजी ५ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ। यस हकप्रद निष्कासनको लागि नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई निष्कासन प्रबन्धक तोकिएको छ। कम्पनीले ५ वैशाखमा बुक क्लोज गरेकाले त्यसअघि कायम रहेका शेयरधनीहरूलाई मात्र हकप्रदमा सहभागी हुने अधिकार प्राप्त हुनेछ। हकप्रद आवेदनको अन्तिम मिति १९ जेठ २०८२ तोकिएको छ।

 
 
189 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्