महिला उद्यमीबाट उत्पादित सामग्रीको प्रदर्शनी
नुवाकोटः नुवाकोट उद्योग वाणिज्य संघले ‘महिला उद्यमीले उत्पादन गरेको कृषि उब्जनी तथा हस्तकलाको सामग्री बिक्री तथा प्रदर्शनी’मा राखेको छ । संघले तीज विशेष कार्यक्रमसहित जिल्लाका किसान तथा उद्यमी महिलाले तयार गरेको स्थानीय उत्पादनलाई प्रबर्धन गर्न सो प्रदर्शनी राखेको हो ।
शनिबारदेखि प्रदर्शनी तथा बिक्री कक्षमार्फत उद्यमी र उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालनमा ल्याएको सचिव मधुसुदन थपलियाले जानकारी दिनुभयो । सचिव थपलियाका अनुसार तीजपर्व सुरु हुनुभन्दा धेरैअघिदेखि उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनीबाट उद्यमी र उपभोक्ता दुवै पक्ष लाभान्वित हुने संघको आशा रहेको उहाँको भनाई रहेको छ ।
साझा अर्थ संवाददाता
९ भदौ २०८१, आइतवार