पात्रो

रेडियो

समाचार खोजी

प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस

साझा अर्थ संवाददाता २३ वैशाख २०८२, मङ्गलवार

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को सेवा आयोगको तेस्रो वार्षिक प्रतिवेदन आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुुझाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष डा खगराज बरालले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओलीसमक्ष आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । प्रधानमन्त्री ओलीले वैज्ञानिकहरुलाई प्रोत्साहन मिल्ने र मुलुकको उत्पादन तथा उत्पादकत्व वृद्धि हुने अनुसन्धान र परिणाम दिने कामका केन्द्रित हुन प्रतिष्ठानलाई आग्रह गर्नुभयो ।

सो अवसरमा सो लोक सेवा आयोगका सदस्य वीरबहादुर राई, प्रतिष्ठानका सदस्यसचिव डा. रविन्द्रप्रसाद ढकाललगायत सहभागी हुनुुहुुन्थ्यो ।

138 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता