पात्रो

रेडियो

समाचार खोजी

नेपाल लाइफको २४औँ वार्षिकोत्सव सम्पन्न

साझा अर्थ संवाददाता २३ वैशाख २०८२, मङ्गलवार

 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवको अवसरमा देशका १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

यस अवसरमा कम्पनीले देशको सातैवटा प्रदेशमा रक्तदान कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको वीरगन्जमा ३०, बागमती प्रदेशको काठमाडौंमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगन्जमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदूरपश्चिम प्रदेशको  टीकापुरमा २८ गरी कुल ४१२ पिन्ट रगत संकलन गरेको छ ।

यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ। 

133 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ