पात्रो

रेडियो

समाचार खोजी

उबुन्टु नेपाल र सीएसआरआईबीच उबु-कन एशिया २०२५ का लागि रणनीतिक साझेदारी

साझा अर्थ संवाददाता २२ वैशाख २०८२, सोमवार

काठमाडौँ । नेपालमा ओपन-सोर्स प्रविधि र साइबर सुरक्षाको प्रवर्द्धनका लागि उबुन्टु र साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र बीच औपचारिक साझेदारी भएको छ।

आइतबार राजधानी काठमाडौमा भएको साझेदारी हस्ताक्षर कार्यक्रममा दुवै संस्थाले संयुक्त रुपमा आयोजना गर्न लागेको उब-(कन एशिया २०२५ सम्मेलन आगामी भदौ १३–१४ (अगस्ट ३०–३१) मा आयोजना हुने हुने उल्लेख गरिएको छ ।

सो अवसरमा दुवै संस्थाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। उबुन्टु नेपालका तर्फबाट आदित्य सिंह, उबु(कन एशिया २०२५ आयोजक समितिका प्रमुख, र सीएसआरआईका तर्फबाट डा. शालिग्राम पराजुली अध्यक्ष तथा डा। भोजराज घिमिरे महासचिवले हस्ताक्षर गरेका हुन्। सीएसआरआईका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा यस पहलको सुरुवात गरिएको हो।

यो समझदारी र  सहकार्य केवल सम्मेलन आयोजनासम्म सीमित नभइ नेपालको सूचना प्रविधि क्षेत्रको दीर्घकालीन विकास र ओपन-सोर्स र साइबर सुरक्षा क्षेत्रको सुदृढीकरण  गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

अब सीएसआरआई ‘कम्युनिटी पार्टनर’ को रूपमा उबु-कन एशिया २०२५ मा मान्यता प्राप्त गर्नेछ। यसको लोगो तथा ब्रान्डिङ निम्न माध्यमहरूमा समावेश गरिनेछ ।

193 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता