पात्रो

रेडियो

समाचार खोजी

१४ निर्जिबन बिमा कम्पनीले संकलन गरे ३२ अर्ब १२ करोड बिमा शुल्क

साझा अर्थ संवाददाता २१ वैशाख २०८२, आइतवार

काठमाडौं । चालु आवको तेस्रो त्रैमासको अवधिसम्ममा नेपालमा सञ्चालित १४ निर्जिवन बिमा कम्पनीहले ३२ अर्ब १२ करोड ९९ लाख ७५ हजार रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन् । 

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार उक्त अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा बढी ४ अर्ब ३४ करोड रुपियाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यसपछि दोस्रोमा सगरमाथा इन्स्योरेन्सले ३ अर्ब ७३ करोड र तेस्रोमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले ३ अर्ब १० करोड रुपियाँ कुल बीमाशुल्क आर्जन गरको तथ्यांक छ । । 

त्यस्तै चार लघु निर्जीवन बीमा कम्पनीहरुले चैत मसान्तसम्म ६८ करोड ६७ लाख १९ हजार कूल बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांक छ । 

नेपाल माइक्रोले १९ करोड ३६ लाख, प्रोएक्टिभ माइक्रोले १७ करोड ५७ लाख, स्टार माइक्रोले १६ करोड ३२ लाख र ट्रस्ट माइक्रोले १५ करोड ४० लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेको तथ्याङ्कमा उल्लेख छ ।

161 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ