पात्रो

रेडियो

समाचार खोजी

नेको इन्स्योरेन्सको लिलामीको सेयर भर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २१ वैशाख २०८२, आइतवार

काठमाडौं/नेको इन्स्योरेन्स लिमिटेडको लिलामीमा आएको शेयर खरिद गर्न चाहनेहरुका लागि आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख १२ गतेदेसख संस्थापक समूहको ४३ हजार ७७९।५२ र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१८३  कित्ता सेयर लिलाममा बिक्री खुला गरेको हो ।


यस लिलामीमा लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यो लिलामी सेयरमा संस्थापक समूहतर्फ न्यूनतम १ हजार र सर्वसाधारण समूहतर्फ १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 

यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । यस कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याएको हो । 

126 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ