पात्रो

रेडियो

समाचार खोजी

सान्भि इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता १९ वैशाख २०८२, शुक्रवार

सान्भि इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले इलाम जिल्लाका स्थानीयलाई ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको हो। ईलाम जिल्लाको ईलाम नगरपालिका वडा नं. १० (साविकको गोदक गा.वि.स. का १ देखि ८ नं. सम्मका वडाहरु), माईजोगमाई गाउँपालिका वडा नं. १ (साविकको नयाँ बजार गा.वि.स.का १-४, ६-१ नं. वडाहरु) माईजोगमाई गाउँपालिका वडा नं. ३ र ४ (साविकको नाम्सालिङ्ग गा.वि.स. का १ देखि ५ नं. सम्मका वडाहरु तथा नयाँबजार गा.वि.स. को वडा नं. ५), सूर्योदय नगरपालिका वडा नं. १० (साविकको फिक्कल गा.वि.स. का ६ देखि ४ नं. सम्मका वडाहरु ) तथा सूर्योदय नगरपालिका वडा नं. ११ (साविकको पञ्चकन्या गा.वि.स. का २, ६, ८ नं.वडा)का स्थानीयले यसमा आवेदन दिन सक्ने छन् ।  

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार कित्ता शेयर निष्काशन गरेको छ। नेपाल धितोपत्र बोर्डले चैत्र ११ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३७ करोड ९० लाख बराबरको ३७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको हो। शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंग बिक्री प्रबन्धक रहेको छ।

237 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता